katha

कथा

दाईजोमा र्‍याल काड्ने मोराहरु ………।

धन भए पछि जे पनि हुदो रहेछ भन्ने कुराको उदाहरण मैले पनि देख्ने मौका पाएँ । कुरा सुबास बिबाहाको हो । सुबास धनि परिवारको एक्लो छोरो भएकोले उसलाई समस्या र अभाव भन्ने के हो भनेर पनि थाहा छैन । ठुलो उत्साहाको साथमा एक्लो छोरो सुबासको बिबाहा हुन लाग्दैछ । धेरै सजिसजाउका साथ धुमधाम सँग उसको बिबाहाको तयारी भइ रहेको छ । गाउघरमा नै धेरै शिक्षित मा उनिहरुकै परिवारको नाम आउछ । अनि गारघरमा उनको बिबाहा कस्तो केटी सँग कसरी गर्ने हुन भनेर सबैले उत्साहा पुर्बक पर्खि रहेका थिए । सुबास मेरो छिमेकी मात्र होईन उ त मेरो स्कुलको साथी पनि हो । मेरो एउटै स्कुलको साथी मात्र होईन हाम्रो कक्षा पनि एउटै थियो । मेरो पनि अहोभाग्य नै भन्नु पर्छ उ जस्तो मिल्ने साथीको मिठो साथ पाएको थिए । हरेकले साथीको भुमिका त निभाउनु नै पर्छ म पनि असल साथीको कर्तब्य लाई पुरा गर्न चाहान्थे । त्यसैले म उसको बिबाहको लागी हप्त्ता दिन देखि लागी परेको थिए । सजाउदा त ढुङ्गा पनि राम्रो देखिदो रहेछ । त्यहा बनाईएको मण्डप सजावट हेर्दा त कता कता अर्कै दुनिया पो होकि झै लाग्थ्यो । सबैको प्रतिक्षाको दिन पनि आई पुग्यो त्यो हो सुबासको बिबाहको दिन । सबै आ आफ्नै धुनमा थिय । कोहि नाच्दै थिय त कोहि र् यापमा र पपमा त झुम्मी रहेका थिय । कोहि भने बेहुला लाई सिगार्दै थिय । सुबास कै आग्रहमा म फोटोहरु खिच्दै थिए । बिबाहा पुरानो शैलिमा नै भए पनि आधुनिकाताको पनि मिश्रण भएकोले यो बिबाहा नमुना बिबाहा नै लाग्थ्यो ।
बिबाहा एक दिने भएकोले हामी सबै हतार हतार गरी बिहुलीको घर तिर जन्ति जाने तयारीमा थियौ । एउटा रातो नयाँ मारुती कार फुल र मालाले आकर्षक गरी सजाइएको थियो । त्यो सजाउनै को लागी मात्र पनि कति खर्च गरी मान्छे हरु कोशौ टाढा बाट बोलाईएको थियो । तर जे होस खर्च गरे अनुसार नै सजावट पनि राम्ररी गरी दिएका थियो । धरै खर्चमा बिबाहा हुन लागेकोले सुबासको परिवार प्रसंसाका पात्रा बन्दै थिय । अघाडी पछाडी ब्याण्ड बाजा बिचमा रातो कार भित्र बेहुला थियो । हामी लगभग एक घण्टा लगाएर जन्ति भएर बेहुलीको घर मा पुग्यौ । बेहुलीको घर पनि बेहुली जस्तै गरी आकार्षक तरीकाले सजिसजाउ गरिएको रहेछ । बिधि पुर्बक जन्तिलाई सत्कार गर्नु देखि सबै करा अघि बड्दै गयो स्वायम्बर पनि भयो । स्वायम्बरमा बेहुलाले दिएको औठीको कुरा खासखास खुसखुस गर्दै ओहो कक्रो ठुलो औठी …………बेहुला पनि राम्रो रहेछ धनि पनि रहेछ यस्तै यस्तै ……प्रसंसा नै गरेको सुनिन्थ्यो । यतिकैमा टिका लगाई दिने क्रम पनि सुरु भयो ।

एक पछि अर्को गर्दै आउने थाले सबैले टिका लगाई दिदै एउटा एउटा उपाहार दिन थाले । हुदा हुदा त्यहा उपाहार राख्ने ठाउ सम्म बाकी रहेन । सोचे हाम्रो समाजलाई दाईजोप्रथाले कति नराम्ररी नै गाजेको रहेछ । यो बिबाहा नभएर यो त सम्पतिको तुजुक गर्ने बहाना पो हॊकी जस्तो पनि लाग्दै थियो । सगै बाच्ने संगै मर्ने भनि पबित्र बन्दन मा बाधिनु त सिर्फ देखावटी बहाना मात्र पो होकि जस्तो लाग्यो । अलिक पर तिर उभिएर यी नै कुराको सोच्दै थिए । त्यति बेला नै लोक प्रिय गायक शम्भु राई र सिन्धु मल्लको गीत घर त हिले हो चाहिदैन सम्पति दिल मिले भो……॥ मिठो आवाज मेरो कानमा पर् यो । यो गीतको लागी आजको दिन भन्दा उपयुक्त दिन कहिले हुन सक्छ र दाईजोमा र् याल काड्न मोराहरुलाई मिठो शन्देस त दिएकै छ । तर त्यो गीतको सान्र्दभीकता कस्ले बुझ्छ त्यहाको बास्तबिकता र यो गितको भाबमा म एकै क्षण भए पनि हराउन पगें । आजको हाम्रो समाज जसलाई हामी शब्य समाज भन्छौ के यहि हो त हाम्रो शब्यता जिबन साथी खोज्ने बहानामा जिन्दगीको मोल नै त गरी रहेका छैनौ होईन भने बिबाहामा किन दाईजो त्यो पनि यति धेरै यस्तै अनगिन्ति प्रश्नहरु मनभरी सलबलाइ रहेका थियो ।

त्यतिकैमा एउटा थात्रो कपडा लगाएको मान्छे पनि टिका लगाई दिन भनेर आयो । उसलाई कसैको निम्तो भने थिएन छ । त्यसैले होला सबै धनि तर बैगनि मान्छेहरुको जमातले उसलाई धकेल्दै बाहिरा निकाले शायद आफ्नो बेइजत हुन्छ भनेर होला । रिसले चुर हुदै चिच्याउन थाल्यो । के मरेका मान्छेको मलामी जानलाई पनि कसैको अनुमति लिनु पर्छ र त्यस्तै बिबाहामा बेहुला बेहुलीलाई टिका लगाई दिन पनि निम्तो नै चाहिन्छ यसरी नै फतफताउन थाल्यो उ दाइजो को प्रथाको बिरोध गर्न लाग्यो । बिबाहा जस्तो पबित्र बन्धनलाई दाईजो जस्तो अहंकारी धन जस्तो धोकवाज बस्तु सँग जोडिन्छ भने त्यो घातक सिद्ध हुनेछ । मैले पनि मेरो छोरीको बिबाहा आज भन्दा सात बर्ष अघि गरी दिएको थिए । तर दाईजो दिन नसके को कारण मेरो छोरीको निर्मम हत्या भयो । त्यहि दिन देखि म दाईजोमा र् याल काड्ने यो समाज र समाजका ति मान्छेहरु प्रति घृणा गर्छु । मानव रुपी ति दानवहरुलाई बद्ला लिन न्याय खोज्दा खोज्दै आज मेरो यो हाल भयो । तर मैले अहिले सम्म न्याय पाउन सकिन । त्यसैले म यो दाइजो प्रथाको घोर बिरोधी हँु …………।

अनि उसैले प्रसिद्ध गायक गोपाल योन्जनको सर्ब प्रिय गित नेपालको छोरा गीतको बोल बाट टुटे फुटेको गीत पनि गाई दियो
………॥  खोसेको रोटि मेरो पेट भरिन्न

मागेको धोतीले मेरो लाज छोपिन्न……

शायद उसको सात बर्ष देखिको आक्रोस पोख्नु थियो उसले त पोखि दियो । गुिम्सयर बसेको बेदनाहरुले सताई रहेको मन अलिकति भए पनि शान्त भयो होला । प्रसिद्ध गोपाल योन्जनको त्यहि गीत गाउदै अन्तै लाग्यो । कसैले उसका समर्थन पनि जनाए कसैले पागलको संज्ञा पनि दिए । उसको यो भनाईले मलाई मेरो गाँउको एक जना दिदीको संझना गरायो । बिचरी ! ति दिदी पनि दाईजोको कारण नै हत्या गरिएको थियॊ । त्यस्ता अनगिन्ती सत्य कथाहरु आँखा भरी नाच्न थाल्यो जो हाम्रो समाजमा सदियौ देखि घटि रहेका छन । दाईजो प्रर्था हाम्रो समाजको कलंक नै साबित भएको छ तर कानुन मौन छ । एकातिर गायक शम्भु राई र सिन्धु मल्लको गीत घर त हिले हो चाहिदैन सम्पति दिल मिले भो……… मिठो आवाजमा बजि रहेको थियो भने अर्को तिरू…॥ खोसेको रोटि मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छापिन्न…… यी दुबै कुराले सुबासलाई धेरै प्रभाव पारेछ लज्जित बनाएछ । उसले तुरुन्त फैसला पनि गर् यो । उसलाई जे पनि दाईजो दिएका थिए त्यो दाईजो कसैको केहि पनि नलाने आफ्नो निर्णय सुनायो । एक हुल युबाहरुले सुबासको यो कार्यलाई स्बागत गरे । तर कसैले यो ठुलो अपमान हो भनेर गुनासो पोख्न लागे । निक्कै ठुलो खैला बैला हुन थाले पछि बेहुली सिबानीले सबैलाई बिनम्र आग्रह गर्न थालीन । आज तपाईहरुले हाम्रो लागी भनेर जे पनि उपाहार दिनु भयो त्यसको लागी धेरै धेरै धन्यावाद छ यहाहरुलाई । तर सुबासको निर्णय प्रति म पनि त्यतिकै सहमति छु । हामीहरुलाई आज शुभ कामना दिनुहोस । आषिक दिनुहोस । त्यो नै हुनेछ हाम्रो लागी अमुल्य उपहार हुनेछ । तपाइहरुको धन होइन हामीलाइ त तपाईहरुको साथ चाहिन्छ । दुःख सुख त जिवनको मार्गदर्शन हो । कसैले दिएकोले एक छाक त टर्ला तर बाकी त आफ्नै पाखुरीमा बाँचनु पर्छ । तर त्यहि एक छाकको लागी मान्छेले मानवता नै गुमाएको छ । म तपाईहरुको एउटा छोरी मात्र होईन यो समाजको साहासीनमुना र एक आदर्श छोरी हुन चाहान्छु । म लाई त लाग्छ धेरैले समर्थन जनाए एक जना साथीले भन्यो यो दाईजोमा र् याल काड्ने मोराहरुलाई गतिलो झापट नै साबित हुनेछ ।

चकेन्द्र राई "कैदी" 
धनकुटा

5 comments:

  1. धन भने पछी महादेवका तीन नेत्र अब चकेन्द्र जी के भनौ र खै??

    धेरै राम्रो समसमयइक बिषयलाई कोट्ट्याएर प्रस्तुत गर्नु भएकोमा.
    शुभकामना यसरी कलमको टुंडो तिखो रहोस..

    ReplyDelete
  2. derai derai dhayabad sampadak mahodaya.
    chakendra rai

    ReplyDelete
  3. dera derai dhanyabad yahalai . yahako kamanale nai mero kalam ko tudho tikho hudai jane chha . thank's alots .
    chakend rai

    ReplyDelete
  4. chakendra ji, hoin hau kasto ta chori pani sampati pani chori dherai hune aama buwa ta lastma ta bar pipalko bot muni po baas basaune rhechan ta yi moraharule ta,aniway ramro lekhko lagi badhai estai manbiy sandesh mulak lekharu lekhdai janu hola yahala sworswatile bass garosh "mridu"

    ReplyDelete
  5. mina ji yahalai derai derai dhanyabad chha comment ko lagi . yaha ko sujhab lai ma pura garne kosis garne chhu .


    chakendra rai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin