katha

लघु कथा

"बट इट इज नेपाल"


उसँग मेरो परिचय उसैको घरमा भएको थियो । त्यतिबेला उसले मलाई पाखे सम्झेकी थी । ऊ विद्यार्थीका रुपमा जर्मनी हो कि अष्ट्रेलिया जान लागेकी रहिछ । हेर्नमा आकर्षक र केही डल्ली त्यो युवती नेपाली भएर पनि विदेशीको चालामाला टिप्न निकै आतुर देखिन्थी । कुरै कुरामा ऊ घमण्डी केटी जस्तो लाग्यो । मैले पनि इङ्लिश टु इङ्लिश टक गरेपछि ऊ अलिक गम्भीरतापूर्वक र जिम्मेवार ढ्रंगले प्रस्तुत हुन थाली । उसको र मेरो उमेरमा निकै ग्याप भएपनि उसले मलाई समकक्षी सम्झोस् भन्ने किसिमले मैले पनि कुराहरु प्रस्तुत गरेपछि ऊ निकै नजिक भएजस्तो अनुभव भयो । उसले विदेशीको रहन सहन कल्चर र व्यक्तिगत स्वतन्त्रताको जब वकालत गर्न थाली मैले भने ूराम्राहरु भित्र पनि खराबी हुन सक्छनू भन्ने तर्क पेश गरेँ । उसले "Can you prove it?" भन्ने कुरा राखी । मैले पश्चिमी रहन सहन र कल्चर नेपालीलाई पूरै म्याच गर्दैन भन्ने कुरा राख्दा उसले उहीँ बस्ने भएपछि म्याच गरिहाल्छू भनी । उसले केटासाथीको संगत गर्दा नेपाली समाजमा आलोचना हुने कुरा गरी । I don't like Nepali's behaviour in this manner. उसले कुरा सोझयाउन खोजी ।
 "Don't you think that all who has gone foreign study should try to change Nepalis' this behaviour? मैले यसो भन्दा उसले भनी -
Do you know, Nepalese can't change. All are uncivilized, illiterate and traditional . I'm lucky to get a friend like you in Nepal.
OK thank you thinking me as a friend. But it is Nepal. It's development is like Nepal itself. We should contribute to develop it. Thinking uncivilized is not the solution.

तर ऊ यस कुरामा भने सहमत भइन । आफू त सधै उतै बस्ने कसको फुस्रद यहाँ डेभेलप गर्ने भन्ने तर्क राखी ।
मैले भने ूतिमी अझै अनमेच्युर्ड छौ अगाडि बढ विदेशले तिमीलाई धेरै कुरा सिकाउला भनेर आशा गरेको छु ।ू
मैले पनि उसँग तर्क गर्न खोजिन । उसँग केही युवा सुलभ हाँस्-मजाक गरेर अन्तमा मैले उसलाई मेरो सानो नेस्ट जस्तो झुपडीमा रातको डिनर सँगै खान आग्रह गरेँ । धेरै आग्रह गरेपछि ऊ आउने भई ।
मेरो घरमा जब ऊ आइवरी खाना खाएपछि मेरो बारेमा हल्का प्रशंसा गर्न विर्सिन - जस्तो पश्चिमी देशका नागरिकले गर्छन् । अनि पश्चिमी देशहरुले विकसित गरेको चलन स्वरुप सेक्स गेमको प्रस्ताव राख्दा ऊ अचानक आक्रोशित भई । भन्न थाली How dare you propose like this? Remember I am Nepali Cheli too, whose VIRGINITY is dearer than other. Don't think me the girl who hold down …….. in the name of friendship. केही कन्भिन्स गरेपछि ऊ कुल त भई तर अन्तमा उसले त्यही भनाइ दोहोर् याई - – But it is Nepal, Is it suitable to have sex in this way? अर्थात् कुनै अनअथराइज्ड पस्रनले यौनसम्बन्ध राख्न नमिल्नॆ तर्क - यही नेपाली चेली भन्ने शब्दले ममा हाँसोको ज्वार ल्याइदियो । के नेपाली चेलीको सबैभन्दा डियरर भनेको यही भर्जिनिटी विदेशमा पनि सुरक्षित रहन सक्ला के नेपाली चेली भएर नै उनी आज आर्थिक फाइदा प्रतिष्ठा र नेपालका समस्याहरु देखि पलायन गर्न आज विदेशको लागि यतिको टाउको दुखाइरहेकी हुन् के खाडी लगायतका देशहरुमा पुगेका महिलाहरुले पनि नेपाली चेलीको आफ्नै स्वाभिमान भएको उद्घोष यसरीनै गर्न पाएका छन् त विचारका सबै पाटाहरुमहरुमा विदेशी फेशन विदेशी कल्चर विदेशी स्टाइल र विदेशी मानसिकता अंगीकार गर्ने यस्तो युवामा सेक्सको मामलामा भने यस्तो परम्परागत सोचाई र खुल्ला हुन नसक्ने संकुचित सोचाई भएकोमा मलाई हाँस उठ्यो र फेरि सो इट इज नेपाल भन्न मन लाग्यो र अन्तमा केही सहज भएपछि मैले उसलाई जर्मन युवाहरुको कामवासनाको भार थेग्न सक्छ्यौ भनी सोधेर जिस्क्याएँ । समाप्त

दुर्गा प्रसाद खरेल
इन्द्र्पुर-८ मोरङ, नेपाल

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin