katha

कथा

समयको परिबन्द
(भाग एक)

कोहि भन्छन भाग्यले मान्छेलाई बनाउछ । कोहि भन्छन मान्छेले खुद आफ्नो भाग्य बनाउछ । तर भन्छु समयलॆ मान्छेलाई कुबेर पनि बनाउछ अनि समयले मान्छेलाई सुदामा पनि बनाउछ । सबै भन्दा बलवान नै समय हो त्यसैले समयले हरेकलाई जे पनि बनाउछ । त्यहि भएर होला बिधान आज समयको श्रापबाट उम्कन सकेको छैन । बिधान सानो छदा उसको आमा बाबा उ बाट दैबले खोसेर लग्यो । उसले आमा बाबाको न्यानो काख र मिठो मायाँ पनि राम्ररी महसुस गर्न पाएन । जति बेला उसले आफ्नो चेतना समाल्नु थाल्यो त्यति बेला उसको आमा बाबा परलोक भई सकेका थिय । सानै देखि जिन्दगीको लागी उसले कठोर सघर्ष गर्नु पर् यो । त्यसैले बाल्य कालका खुसिहरु उसलाई थाहै भएन । पढनु उसको लागी कहिले प्रथकितामा परेन । सानै उमेरमा उसले घर छाड्यो । हरेक टुहुराहरुको जुन बेहाल हुन्छ उसले पनि त्यहि बेहाल भोग्दै बेहोर्दै पार गर्नु पर् यो । दैब पनि कति निष्ठुरी बन्न सकेको होलान

न गन्तब्य छन त उसको कुनै उदेश्य नै छ तै पनि उ घर बाटै बेखर्ची हुदै निस्कन्छ चुटिएको चङ्गा सरी बाटो हराएको यात्रु सरी । जहाँ पुग्छ त्यो नै उसको गनतब्य हो जे पाउछ त्यो नै उसको लक्ष्य हो । यस्तै लक्ष्य बिहिन यात्राको क्रममा कहिले भोक खाएर अघाएर आकाश ओडी सडक मा नै सुत्छ भने कहिले फोहोरको डंगुरहरुमा फलिएको ती फेहोर हरुलाई नै मिठो मान्दै पेट भर्छ । कसैले मायाँले दिएको थोत्रा कपडा हरुले लाज छोप्नु पथ्र्यो त्यो पनि भने जति भए त कति जाति पो हुने थियो । जिन्दगी जति कष्टकर भए पनि जिउनु पर्छ नै त्यहि भएर उ पनि बाच्न चाहान्थ्यो । यस्तै क्रममा भौतारीदै जादा उसले काठमाण्डौ मा एउटा टैम्पुमा खलासि काम पाउछ । त्यो पनि उसको लागी स्वार्ग नै भयो कम से कम अरु केहि नभए पनि खाना र बस्न त पायो ।

त्यहि रुट भएर एउटी केटि दैनिक स्कुल जान्थीन । प्रायः उसैको टैम्पुमा आउने जाने गर्थिन । एक दिन उसले आफ्नो पस्र र आइ डि कार्ड टेम्पु मा नै खसाए छिन ॥ त्यो पस्र बिधानले भेटेछ । उसको नाम सझौता रहेछ । बिधानले सझौताको पस्र सुरक्षित गरि राखि दिएको थियो । त्यस दिन बेलुका उनिहरुको भेट भएन भोलि पल्ट बिहानै उहि समयमा त्यहि ठाँउमा भेट हुन्छ तर सझौताले केहि कुरा गरीनन । उसैलाई याद रहदैन कि कहाँ खस्यो भनेर ! बिधानले सोध्छ सझौता कस्को नाम हो हतार हतार मा जवाफ दिन्छीन मेरो हो । अँ तिम्रो पर्श हराएको छ उसले लजाउदै हो मेरो हो भनि जवाफ दिईन । बिधानले आफ्नो गोजि बाट निकालेर उसलाई पस्र र आइ डि कार्ड दियो । सझौताले बिधानलाई धेरै धेरै धन्यावाद दिईन । बिधान केहि नबोली हेरी रर् यो । उसलाई मन भित्र भित्रै खुसि लागी रहेको थियो । मैले निक्कै ठुलो र राम्रो काम गरेछु भनेर ।

भाग्यले नै होला एक दिन दुई दिन हुदा हुदै निक्कै लामो समय सम्म यिनिहरुको यसरी नै भेट भई रर् यो । एक दिन बिहानै एउटा चिठी को बन्द खाम बिधानलाई दिइन । बिधानले डराउदै डराउदै समात्यो । दिन भरी गोजीमा बोकी साँझमा कोठामा गएर खोल्यो । भ्यालेन्टाईन डे को उपाहार रहेछ । बिचरा बिधान लाई के थाहा भ्यालेन्टाईन डे को बारेमा । त्यहा भ्यालेन्टाईन डे शुभकामना लेखिएको रहेछ अनि अन्तमा म तिमीलाई मायाँ गर्छु भनेर पनि लेखिएको रहेछ । बास्तवमा उ डरले मात्र मुख खोल्न सकेको थिएन । मन भित्र त बिधानले पनि धेरै मन पराउनु थाली सकेको थियो । उसको लागी पनि ढोका खुल्यो त्यहि दिन देखि उनिहरुको बाल प्रेम कहानी सुरु हुन्छ । दैनिक उनिहरुको भेट हुन्छ हेरा हेर हुन्छ तर कुरा गेर्ने समयानुकुल मिल्दैन । एक दिन सझौता स्कुल जान भनेर घर बाट निस्कीन्छीन तर नेपाल बन्द भएकोले स्कुल पनि बन्द हुन्छ । कुनै सवारी सधान पनि चल्दैन । सझौताले बिधानलाई पशुपती घुम्न जाउ भनि प्रस्ताव गर्छिन र उनिहरु पशुपती घुम्न पनि जान्छन् । त्यति बेला सझौताले बिधानलाई सबै कुरा भन्छ । त्यस दिन देखि उनिहरु खुलेर बोल्न सक्ने भए । मायाँ यसरी बड्दै जादाँ सझौता कक्षा १० पास गर्न नपाउदै बिबाहा बन्धन मा बाधिन पुग्छन । त्यस्ता कमै भाग्यमानि हरु हुन्छन जो आफुले मन पराएको मान्छेलाई नै जिवन साथीको रुपमा पाउछन् । तिनै अतिकम भाग्यमानि मध्येको एक भाग्यमानि जोडि हुन बिधान र सझौता । महाकवि देबकोटा ज्यू ले भने जस्तै हातको मैला सुनको थैला के गर्नु धनले साग र सिस्नो खाएको बेस आनन्दी मनले यहि भनाइको याद आउथ्यो उनिहरुको आनन्दीत जिवन देख्दा उनिहरुको अनुपंम खुसि देख्दा ।

समय आफ्नै गति दौडि रहन्छ । समयको बेग सगै उनिहरुको सृर्जना रुपी एउटी छोरीले पनि जन्म लिन्छीन । सझौता आमा र बिधान बाबा भए त्यति बेला उनिहरुको खुसिको अर्को सगरमाथा थपन्छि । दैनिक आकासिदै गरेको महंगी त छदैछ आफ्नो घर खर्च पनि बड्न थाले पछि त्यो सानो कमाईले कति नै धान्छ र त्यसैले बिधान बैदेशिक रोजगारमा जाने सल्लाहा गर्छन । कतारको भिस्स पनि मिल्छ र उ कतार तिर लाग्छ ॥

नयाँ ठाँउ नयाँ परिबेष नयाँ साथीहरु र नयाँ काम धेरै गाह्रो हुन्छ । उसलाई भाषाको पनि ठुलै समस्या हुन्छ । तै पनि यस्तो गाह्रोहरुलाई त पहिला देखि नै उसले सामना गरेकै थियो । सहदै झनै कठोर सघर्ष गर्दै गयो । एका तिर उसको टाउको भरी साहुको रिन थियो अनि अर्को तर्फ उसको आफ्नो श्रीमति सझौता र छोरी श्रृष्टिलाई सुखमा पाल्नु पनि थियो । राम्रो शिक्षा दिनु थियो एकै पल भए पनि सुखको जिवन जिउनु थियो । हण्डर त भने जति नै पायो तर उ पनि सजिलै हार्ने मान्छे थिएन । यसरी नै उसले आफ्नो दिनहरु बिताउदै गयॊ । एक दिन उ बिरामी भएर अस्पताल जादा एउटी नेपाली छोरी मान्छेलाई भेट्यो चिनजान भयो साधरण बोलचाल पनि भयो उसको नाम रचना रहेछ । पछि फोन बाट सम्पर्क हुन थाल्यो । अलि अलि गर्दा गर्दै उनिहरुमा आत्मीयता बड्दै जान्छ ।

भनिन्छ छोरा मान्छे को चरित्र पनि बुझि नसक्नु नै हुन्छ । अलि कति दुःखमा मनलाई धैर्यता र सुखमा मन सम्हाल्न नसक्ने यो छोरा मान्छे हरु नशिल छोरी मान्छेहरुको सामुमा फुटानी नगरे हन्छ । बिधानले आफ्नो सिता जस्तै श्रीमति जसले दुःखको बेला मा आफ्नो जिन्दगी नै दिएर साथ दिएकी थिईन आज कति सजिलै भुलेको होला र जसको लागी भनेर बिदेशियो आज उसले त उनिहरुलाई नै लाई बिसे्रर पराई छोरीमान्छेहरु सग मोज गर्न अघि एक पटक पनि सोच्न सकेन मेरो आशामा रात दिन तड्पिएर बसेको अर्धाङ्गगीणि सझौता पनि छिन भनेर । बिधनाले पनि छोरा मान्छेहरुको चरित्र माथी गरीने शंकालाई थप बल पुर् याएको छ । कमाएको पैसा उ सग हिड्दा र उसैलाई फोन गर्दा ठिक्क हुन्थ्यो सुरु सुरुमा त अलि अलि पैसा पठायो तर पछि पछि त पठाउनु नै छाड्यो उ त कुहिरो बिचको काग जस्तै रनाभुल्लामा फस्यो । दुबैले परदेशमा एकान्तको फाईदा उठाउने दाउमा अग्रसर देखिन्थे । यीनिहरु त केवल एकान्तको फाईदा उठाउन चाहान्थे बिदेश बसिन्जेल मनोरन्जन गर्न चाहान्थे । जसरी तसरी समय काट्न चाहान्थे ।

एक दिन रचनाले आफ्नो महिनावारी हुन छाडेको जानकारी बिधानलाई गराउछिन तर बिधानले त्यो कुरालाई त्यति गम्भिर लिदैन । एक दिन दुई दिन हुदै जव दुई महिना बित्छ । पेट पनि बड्दै जान्छ । कतारमा कडा कानुन भएको ले यस्तो कामलाई कुनै हालतमा मान्यता दिदैन । त्यसो भएकोले दुबै जनाले नेपालमा गएर गर्ब पतन गर्ने निर्णय गरे । दुबै जना नेपाल पनि आए तर नेपाल आए पछि रचनालाई गर्व पतन गर्न मन लागेन । हुन पनि आमाको आत्मा हो । महिनौ सम्म आफ्नो पेटमा मायाँ गरी पालेको आफ्नो रगतको आफै कसरी हत्या गनर्ं आट पनि आउछ र । त्यसैले उसले बिधान सग प्रर्थाना गर् यो बरु मलाई र मेरो बच्चालाई केहि गर्नु पर्दैन । म तपाईको जिन्दगीमा कहिले बाधक पनि बन्दिन तर म मेरो बच्चा जन्माउन चाहान्छु । यहि मेरो अनुरोध छ हजुरलाई भनि पाउ समाउन थालिन रुन थालिन कराउन थालिन । आफ्नो बच्चाको लागी आमाको यति धेरै पुकार सुनिसके पछि बिधानको पनि मन पग्लिएछ उसले पनि कर गर्न सकेन । त्यसैले गर्व पतन गराएनन । बच्चा जन्मीनु थियो जन्मियो । तर जन्मी सकेपछि सबैले कसको हो भनेर सोध्न थाले हाम्रो समाज यस्तै त छ आफ्नो आङको हाती नदेखे पनि अर्काको आङको जुम्रा भने परै बाट देख्छ । हुन पनि उनको श्रीमान परालोक भएको पनि १८ बर्ष भएको रहेछ । समाजले त सोध्ने नै भयो । सच्चाईको कसिमा रघेटिदा सत्य कुरा ओकाल्नु नै पर्छ । सारा सत्य कुरा भन्न करै लाग्यो । रचनाले सबै सत्य कुरा सुनाई दिईन । सबै गाउले हरु एक जुट भएर बिधानको घरमा भित्रयाई दिए यो जायन र मनासिपै पनि हो । जस्ले गल्ति गर्छ उसैले सजायको भोग्नु पर्छ । तर सामान्यतया हामी कल्पना पनि गर्न सक्दैनौ यर्थाथमा त्यो नै घट्ना घट्यो बिधान सझौता र रचनाको जिन्दगीमा । रचना जस्को घरमा भित्रिन पुगीन उ त आफ्नो आफ्नो छोरीे सझौता पो रहेछ । यो नमिठो सत्यको उद्घाटन जब हुन्छ सबै अवाक हुन्छन ।

नोट ः कथाले कतातिर मोड लिन्छ हेर्दै गर्नु होला भाग दुई ।
चकेन्द्र राई "कैदी"

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin