katha

कथा


छिरिङ डोल्मा र अनाम शहीदहरु....!

मलाई खाडी जानु छ । कति पैसा लाग्छ एकाएक मेरो अघिल्तिरबाट महिला स्वर निस्क्यो । एकाबिहानै म कम्पनिको कोठा खॊलेर बसेको मात्र के थिए आँखामा एकभारी सपना बोकेर हिडेकी अन्दाजी बाइस बर्ष होला यो उमेरको अनुहार देखा परिन् । धेरै विवश मान्छेका विकराल समस्याका पहाडहरुले म थिच्चीरहेको हुन्छु । उनीहरु समस्या सुनाउँछन् पैसा दिने कुरा गर्छन अनि त्यस वापत उनीहरुलाई मैले विदेश विशेष गरी खाडी मुलुकहरुमा काम दिलाई दिनु पर्छ । धेरैले मेरो अगाडि आँसु बगाएका छन् । उनीहरुका आँसुका धाराले मेरो मुटु पनि छियाछिया भएको हुन्छ । मेरो पनि पेसा पेसासँग जोडिएको बाध्यता हो । पैसा नलिकन म कसैलाई यस्तो सहयोग गर्न सक्तिनँ । बस्नोस् मैले उनलाई सालिनतापूर्वक अगाडिको कुसर्ी देखाए । उनले मेरो कोठाको चारैतिर भित्तमा हेरीन् । रङ्ग उडेका कोठाका भित्ताहरु उनको रङ्गहिन जीवन जस्तै ठानिन् होला उनले । दुब्लो शरिरमा कुर्था सुरुवाल यसरी झुण्डिएका थिए तिनलाई जबरजस्ती झुण्डाइएको होस् । कहिले लिपिस्टिक नलगाउने मानिसले पहिलो पटक लिपिस्टिक लगाएका आंेठ हांस्न नचाहेरै जबरजस्ती हंास्न खोजिरहेको जस्तो लाग्ने मुहार ।
घर कता
मेरो प्रश्न थियो यो
उनको उत्तर
मानेपोखरी
मलाई थाहा छैन यो मानेपोखरी भन्ने स्थान नेपालको भूगोलमा कहाँ पर्छ । उनले यसरी जवाफ दिएकी थिईन्कि म पनि मानेपोखरी छेउछाउकै बासिन्दा हुँ अथवा म उनको मानेपोखरीलाई राम्रेासँग्ा चिन्छु ।
उनको बारेमा मनमा अनेक विचार आइरहे यो उमेरको यो केटी विदेशमा गएर काम गर्ने आट गरेकी छ । यसको हिम्मतलाई मान्नैपर्छ तर जुन आत्मविश्वास म उनको आँखामा देखिरहेको छु त्यो आत्मविश्वासका साथ डटेर संर्धष गर्दै काम गर्न पाए त आफ्नै मुलुकमा पनि यसले राम्रै प्रगति गर्दी हो ।
खाडीबाट माग भै आएको मेनपावरको सूचि मैले उसलाई देखाएँ । कामको किसीम मासिक तलब अनुभव तालिम आदिको चार्ट थियो त्यो । उसले एकनास त्यसमा आँखा अड्याई । उसले पढ्न सकि या सकिन तर प्रयास गरेको देखिन्थ्येा । उसको अनुहारमा अनेक प्रकारका भावहरु एकपछि अर्को प्रकट भैरहेको म देखिरहेको छु । सानो हाते झोला भुँईमा राखेर सोधी-ः
ूतपाईँ नै पढि दिनोस् न मलाई अङ्रेजीमा लेखेको आउँदैन ।ू
कति कक्षा पढेकी छ्यौँ
आठ कक्षामा फेल भएँ । त्सपछि स्कुल जानै पाईँन ।
स्कुल पढ्ने इच्छालाई थाति राखेर यतिका बर्षमा उसले के गरेकी होली ऊ घरी भित्ता हेर्छे घरी टेबुलमा राखिएको फोनको सेट । फोन सेटका अंंकमा आँखा डुलाइरहेकी छ मन अन्तैतिर होला म यस्तै अनुमान गर्छु ।

कुकको तालिम लिएकी छौ
छैन
उसो भए कुनै सिप तालिम केही छ त
मैले यसो सोधीरहँदा उसको अनुहारमा निराशाका छायाहरु देखिन थाले उसको अनुहार एक प्रकारले रंगहिन जस्तै देखिन थाल्यो । उसलाई डर लागेको अनुभव गरे मैले । कुनै तालिम नलिई विदेशीनु त्यति सजिलो छैन भन्ने उसले बल्ल थाहा पाई धेरै बेरको मौनतालाई तोड्दै भनि ः
सर घरेलु तालिम लिएकी छु । स्वेटर बुन्ने । यसो भन्दा उ आफूलाई सहज बनाउने कोशिस गरिहरेकी थिई । उसको आत्मविश्वास केही बढिरहेको म देखीरहेको थिएँ । खाडिमा त स्वेटर बुन्ने काम पाइन्न नि ! त्यहाँ त घरेलु कामदार गार्ड कापर्नेटर इलेक्ट्रिेसियन पेन्टर ड्राइभर प्लम्वर आदि आदिको पो काम हुन्छ । त्यसमाथि पनि त्यहाँ महिलालाई काम गर्न त्यति सजिलो छैन । हामी पठाउन त पठाइदिन सक्छौँ तर बाँकी सबै जिम्मा आफ्नै हो नि !
हुन्छ सर मलाई पठाइ मात्र दिनुस् न ! हाम्रो गाउँँतिरका ल_िप्सबोटे कान्छा पनि त्यतै छ । सुन बुढाको माइलो छोरा पनि पोहोर गएको हो उतै छ । धोरसिङे काका अन्तरकी सुन्तलीे टिके सूर्जेको बाऊ सबै त्यहि त छन् नि ! सबैले त्यहाँ केही हुँदैन आए हुन्छ भनेका छन् ।
उसको जसरी भएपनि जाने नै निर्णय सुनेपछि मैले उसको व्यक्तिगत विवरण टिप्न थाले ।
नामः छिरिङ डोल्मा
वर्षः २४
ठेगानाः मानेपोखरी आदि आदि………

मैले उसलाई चालिस हजार लाग्ने र पासपोर्ट लिएर अर्कोदिन भेट्न भने
ऊ विश्वासका साथ फर्केर गई । म उसको बारेमा सोच्न थालें उसले किन यसरी विदेशीनु पर्ने बाध्यता भयो । हुन त द्वन्द्वको कारण युवाशक्ति पलायन भै रहेका छन् ।
प्रत्येक दिनजसो एउटै म्यानपावर कम्पनिले दशदेखि पन्ध्रजना पठाउने गर्छन् । एअरपोर्टमा विदेश ओइरिरहने संख्या प्रत्येक दिन आठसय जस्तो छ । यस्तो कहाली लाग्दो युवा पलायनको अवस्था देख्दा मुटु भक्कानीएर आउँछ । गाउँहरु बुढाबुढी मात्र बस्ने थलोकॊ रुपमा रुपान्तरण भैरहेको देख्दा हामी कता लाग्दैछौँ होला सोच्ने बेला कहिले आउने होला ।
ऊ अर्कोदिन मेरो कार्यालयको कोठामा आइपुगी । सर घरमा बा आमा र एउटा दाइले सारै गरे जाँदै नजा भन्छन् । एउटा दाई आर्मीमा जागिरे छ उसलाई त भनेकै छैन मैले । थाहा पाए त जानै दिन्न ।
तिमी जाने अन्तिम निर्णय गरेरै आएकै हो त
हो !
उसले यति मात्र भनि । उसले भन्न खोजेका थुप्रै कुराहरु अव्यक्त रुपमा नै बुझ्न सकिन्थ्यो । गाउँमा बस्ने अवस्था छैन
शहरमा रोजगारीको अवसरहरु छैनन् । सधैँ अर्को अर्को साथीकोमा पाहुना लागेर कतिन्जेल पेट पाल्ने कतै पनि केही गरीखाने अवसरका ढोकाहरु बन्द हुन थालेपछि बौलाउनु भन्दा मर्नु निको भन्ने जस्तै पलायन हुन विदेशीनु भन्दा खै के गर्न सकिन्छ सधै निराशा कुण्ठा र अनिश्चितता बोकेर बाचिरहुनको पीडा बाँच्नेहरुलाई थाहा हुन्छ । आदि आदि भन्न खोजेको र भन्न नसकेको सङ्ग्रह हो - छिरिङ डोल्मा ।
मैले पनि उनलाई पठाइदिने बाचा गरंे । हाम्रो लेनदेन भो । कागजपत्र छोडेर ऊ गई ढोकाबाट बाहिर निस्केपछि ऊ पूनः भित्र आएकी थिई मलिनो फुङ्ग उडेको अनुहार बनाएकी थिई ।
सर मैले के विसे्र जस्तो लाग्येा । के छाडेछु भनेर फर्केकी छैन रैछ ।त्यसै पो ए भैगो जान्छु है े !
मलाई भन्न मन लागेको थियो छिरिङ तिमीले आफ्नो सिङ्गो युवा रगत विदेशीलाई बेचेको कागज छाडेकी छौ । तिमीले आफ्नो युवा जोस र जाँगरलाई अरुकै निम्ति बन्दकी राख्ने निर्णय गरेकी छ्यौ बाआमा र आफ्नो खातिर । बेरोजगारको अत्यास लाग्दो पीडा खप्न नसकि विदेशीने भारी मलाई विसाइदिएर गएकी छ्यौ ।
केही महिनाको अन्तरालपछि छिरीङलाई मैले भिसा र टिकट थम्याएँ । यस पटक उसले मेरो अनुहारमा हेर्न सकिन । मैले उसको भविष्यतिर चियाइरहेका आँखालाई हेर्न खोजेको थिएँ । उसले मुख अन्तै मोडी । भिसा र पासपोर्ट बोकेर ऊ फटाफट निस्कीे । लाग्थ्यो ऊ निकै हतारमा छे । तैपनि मैले एकछिन रोकेरै भने -ः
तिमीलाई कुनै समस्या परे मलाइ सम्झिनु सम्पर्क गर्नु ।
हस् धन्यवाद
यति भन्दै ऊ हतारहतार आफ्नो बाटो लागि म आफ्नो काममा व्यस्त भएँ ।
धेरै दिनसम्म मलाई छिरिङ डोल्माको छायाँले पछ्याइ रह्यो । उसको दैनिकी कस्तो भयो होला काम कस्तो गर्दैछे होला विस्तारै समयको व्यस्ततासँगै अरुको जस्तै मेरो मानसपटलबाट छिरि डोल्माको चित्र हराउँदै गयो ।
यो चार वर्ष अघिको कुरा थियो ।
समय यसरी बदलिदै थियो अत्यन्त उत्तारचढावका साथ । कुनै दिन युद्ध विरामको घोषणा गरियो मानिसहरु हतार हतार सहरबाट गाउँ फर्किन थाले । युद्ध विराम लम्बिन सक्छ । स्थायी शान्ति हुन सक्छ । यस्तो आशा बोकेर गाउँ फर्किएका मानिसहरु पुनः गाउँबाट सहर ओइरन थाले । भन्न थाले -
गाउँमा त के बसीखानु छ र अलिअलि भएको जग्गा जमिन पनि बिक्री नहुने भै गो दोहोरेा कर तिरेर के सम्भव हुन्छ र दुईदुई वटा सरकारको राज्य यस्तोमा कसरी बाँच्न सकिन्छ र बरु जे सुकै होस् सहरमा त ढुक्कले सास फेर्न पाइन्छ ।
फेरी युद्ध विराम भङ्ग भयो ।
सेना र प्रहरीहरुका ब्यारेकहरुमा आक्रमण सुरु भयो । प्रहरी चौकी जलाउन थालियो सदरमुकामहरु काँडेतार बेरेर निदाउन थाले । काठमाडौँमा घर जग्गाको भाउ आकाशियो विस्थापित मानिसहरुको ओइरो नजिकका सहर बजार र सदरमुकामहरुले थेग्नै नसक्ने भए गाउँहरु बुढाबूढीको कुर्ने थलो हुन थाल्यो ।
एकथरि गर्जिन थाले-

निमुखा मानिसहरुको नाममा कहिलेसम्म शासन गर्ने हामी यो निरङ्कुशता मान्दैनौ । जनता हाम्रो साथमा छन् । हामी लोकको शासन चाहन्छौ ।
अर्काथरि गर्जे-
राज्यको नियम कानुन आफ्नो हातमा लिन पाइदैन । कसैलॆ जनतालाई बलिको बोका बनाउन पाइदैन । आतंक सिर्जना गर्नुहुँदैन । संसारले हामीलाई समर्थन गर्छ त्यसैले राज्य हामी चलाउँछौ ।
मानिसहरु कोही कसैसित बोल्न डराउनु पर्ने समय आयो हरेक मानिस प्रत्येक मानिससित ससङ्कित भैरह्यो ।
धेरै रगत बग्यो । यस बीचमा धेरै परिर्वतनहरु भए हाम्रो म्यानपावर कम्पनिमा युवाहरुको लाम यथावत नै रह्यो । परिर्वतन पछि पनि मानिसहरु भन्न थाले-
अहँ केही हुनेवाला छैन । रोजगारीको निम्ति विदेशीनुको कुनै विकल्प छैन ।
यो लाममाा कसैले केही सन्देश सुनाउने हिम्मत गरिएको देखिएन । यी पलायन मनमस्तिष्कलाई रोक्न साहस गरेको देखिएन । यी पौरखी हातहरु अरुको निम्ति पौरख बेच्न हिडिरहे ।
एकविहान अपिसको कोठा खोलेर म बस्न पनि भ्याएको थिइन । एकजना अपाङ्ग झुम्री महिला खोच्याउँदै भित्र पसेको देखे । म एक छिन त झस्के विस्मृतीबाट हराइसकेको यो अनुहारलाई म संझने प्रयत्न गरिरहेको थिएँ ।
भो भो दुःख नगर्नोस । चिन्नु भएन होला म छिरिङ डोल्मा । चारवर्ष अघि तपाईकै मेन पावरबाट खाडि पुगेको थिई नी ! म असमंजसमा परंे । िकंकर्तब्य बिमूढ उसको अनुहारमा हेरिरहेँ । मलाई पटक्कै विश्वास भै रहेको थिएन के यो त्यहि छिरिङ हो जसले आफ्नो चम्किला आँखा र मनभरि विश्वास बोकेर विदेश गई रोजगार गर्ने र पुनः नेपाल फर्केर कुनै सानो तिनो व्यवसाय गर्ने अठोट लिएर बिदेशिएकी थिई । म छाँगाबाट खसे जस्तै भएको थिएँ अचानक ।
अनि के भो
मैले यतिमात्र भन्न सकंे । त्यसपछि छिरिङ डोल्माले जे सुनाएकी थिई त्येा सुन्नको लागि मैले धेरै धैर्य बटुल्नु पर् यो ।
म यहाँबाट खाडी पुगेपछि एअरपोर्टबाटै मलाई एउटा गाडिमा राखेर चार घण्टा हिडाइयो । बाहिर पचास डिग्री भन्दा माथिको तापक्रम भएता पनि गाडि भित्र भने चिसो नै थियो । गाडी हाक्ने सेतो टोपी र लामो दाह्री भएको डरलाग्दो अनुहार थियो । ऊ गाडीको सिसाबाट घरिघरि मलाई हेर्ने गथ्यो । मसँगै सिटमा बसेको मानिस संभवतः उसको र मेरो पनि मालिक हुनुपर्छ । आफ्ना ठूलाठूला आँखा र ठूलो टाउको गाडिको सिसाबाट बाहिरतिर चिह्याइरहेको थियो । उसले मलाई इसाराले पानी पिउँछौ भनेर संकेत गर् यो । मलाई एअरपोर्टमा नै प्यास लागेको थियो तर पानी माग्ने हिम्मत गरिन ।
मैले बोतलबाट पानी दुइ घुट्का पीए । मलाई बल्ल रोकिएको सास पुनः चल्न थालको अनुभव भयो । उनीहरु दुईजना आफ्नो भाषामा सायद फारसीमा कुरा गरिरहेका थिए । भोक लागेर पेट अलिअलि दुःखीरहेको थियो । भन्न सकिनँ एकछिन त अत्यन्त नरमाइलो लाग्यो । बित्थामा आएजस्तो लाग्यो । अब पश्चाताप गरेर पनि केही फाइदा छैन जस्तो लाग्यो र मनलाई बुझाएँ । मन बुझाउन साह्रै गाह्रो हुँदोरहेछ ।
यसो भनिरहँदा उसका आँखा भरिएका थिए । म टेबलमा कुहिनो अड्याएर टाउकोमा हात राख्दै उसको कुरा सुनिरहेको छु ।
सूर्यको प्रचण्ड रापमा पोलिरहेको बलौटे फाँटहरु सिधासिधा घुम्ती नभएका पक्कि सडहकहरु तातेर अगाडितिर आगोको ज्वाला टल्के जसरी पर्ने छाया । मेरो जीवनमा घर छाडेर पहिलो पटक यति टाढा आएको क्षण । हामी अब सहरभन्दा टाढाको बस्तीमा पुगेका थियौ । मलाई मूलतः भाषाको समस्या थियो । यो ठाउँ पुरै गाउँजस्तो पनि लागेन मलाई । सहरको जस्तो सबै सूविधाहरु पनि नभएको । मलाई एउटा तीनतले घरमा पुर् याइयो । दिउँसोको समय भएर होला केही महिला र केटाकेटी बाहेक त्यहाँ अन्य पुरुषहरु थिएनन् ।
मलाई एउटा लिष्ट थमाइयो । जसमा मेरो उठ्ने र सुत्ने समय अनि गर्नुपर्ने कामकॊ विवरण लेखिएको थियो । बिहानः ४ः०० बजे उठेर तयार हुनुपर्ने दिउँसो १ः०० बजे खाना खाने र राती आवश्यकता अनुसार काम गर्नुपर्ने । मलाई िरंगटा चल्न थाल्यो । बाआमालाई सम्झेँ । म गरीब भएकै कारणले यो दुःख खेप्नु आइपुगे वा मेरो महत्वाकाङ्क्षाका कारण म आएँ । यस्तो असमन्जसको अवस्थामा म पुगेँ । मेरो दुई बर्षको सम्झैाता थियो । यो पहिलो दिन थियो सातसय उनान्तीस दिन बाँकी नै थिए । म अन्धकारको भूमरीमा आफू भासिएको महसूस गर्न थालंे । त्यसपछि मेरो दैनिकी सुरु भयो । दैनिक के थियो र रौरव नरकमा म जीवनका क्षणहरु काट्न थालंे । बिहान चार बजे उठेर पानी तताउनु पथ्र्यो । कहिले सुँगुर काट्नु पथ्र्यो सफा गर्नुपथ्यो । मासु लिन आउने गाडिमा लोड गर्नुपथ्यो । म मासु व्यापारीकोमा पुगेछु । उसले धेरै थरि व्यापार गथ्र्याे । उसका तीनजना जवान छोराहरु थिए । चार वटा श्रीमती थिए । ऊ त्यो घरको बडेमाको राक्षस अनुभूत हुन्थ्यो । उसका श्रीमतीहरु उसको छेउ पर्न र बोल्न डराउँथे कुनै गल्ति गरेमा बेसकन पिट्थ्यो ।
त्यो घरको खानेकुराको गन्धले मलाई धेरैदिनसम्म खाना खान पनि मन लागेन । बाँच्नको निम्ति खानै पर्ने बाध्यता ! त्यतिकै मर्न पनि सकिदो रहेनछ ! घर सफा गर्ने भाँडाकुँडा सफा गर्ने लुगा धुने खाना बनाउने अनि मासु तयार गर्ने कामको बोझले मलाई िरंगटा चल्न थाल्यो । म उभिन नसक्ने भै बेहोस जस्तै हुन थालें । उनीहरुले मलाई यस्तो बेला समातेर सुइ लगाउन थाले । खै के को सुइ हो कुन्नी त्यसको असरले म पुनः जस्ताको तस्तै प्रुेस हुन्थे । र पुनः काममा जुट्थॆ ।
दिनहरु कति लामो हुन थाले म छट्पटाउन थालंे । रातहरु कति छोटा हुन्थे मलाई निन्द्रा कहिले पुगेन । राती बाह्र एक बजेसम्म उनीहरुलाई खाना खुवाइरहनु पथ्र्याे । कहिलेसम्म यसरी सुरक्षित भइएला मेरो सात्तो जाने गथ्र्यो । गाउँमै बरु तरकारी खेती गरेर बसेको भए हुन्थ्यो । सानो व्यापार गर भन्दै थिए बा आमाले त्यही गरेको भए हुन्थ्यो । हरेक दिनजस्तै हामीसँग क्रान्तिमा हिँड भन्दै आउने मानिसहरुसँग डराएर बिदेशिएँ बरु त्यतै क्रान्तिको निम्ति हिँडेको भए पनि मर्दा त आफ्नै देशको निम्ति मरिन्छ भनेर चित्त बुझाउन सकिन्थ्यो । यहाँ त अकालमैै मरिने भो ! यस्तै सोचेर दिनहरु बित्दै गए ।
मैले जुन अनर्थ सोचेकी थिए अन्ततोगत्वा त्यही नियती भोग्नुपर् यो । म उसका तीनभाइ छोराहरुबाट पटक पटक बलात्कृत हुन पुगेँ ।
उसको कुराले मेरो टाउको रिङ्गायो । अब म यो भन्दा पनि अघि सुन्न सक्ने अवस्थामा रहिन । मेरो टाउको बेसकन दुख्यो । घाँटी सुक्दै आयो । बोतलबाट पानी दुइ घुट्का पिएँ । उसलाई पानी पिउछ्यौ भनेर इसारा गरंे । मेरो पनि गला अबरुद्ध थियो । उसले हातले नाइँ भन्दै इशारा गरी ।
ऊ भन्दै गई-
म प्रतिरोध गर्ने अवस्थामा थिइनँ । दैनिक लगाइने सुइले मेरो शरिर जर्जर भैसकेको थियेा । मैले श्रम बेचेकी थिएँ तर मेरो सबै कुरा शोषण भो । भन्न जाने र हार गुहार गर्न जाने ठाउँ थिएन । भाग्ने प्रयास पनि गरेको थिए तर सफल भइनँ । त्यसपछि म झन कडा निगरानीमा परें । मेरो पासपोर्ट र भिसा उनीहरुसँगैै थियो । बेलाबेला पेस्तोल र बन्दुक देखाएर तसा्रउँथे उनीहरु ।
मैले गाई काट्नु पर् यो । गाईको मासु बेच्नु पर् यो । मैले राँगा काटे । ठूलो बिजुलीबाट चल्ने आराले । ट्वाइलेट सफा गर्नु पर् यो । चरम भन्दा चरम अमानवीय कार्यहरु गराइए मबाट । मेरा हातहरु सुन्निएका छन् अझैे यी हेर्नोस ।
मेरो खुट्टा यी हेर्नोस् सुन्निएर अझै टेक्न सकेकी छैन ।
मेरो भिसाको म्याद सकिदा पनि उसले मलाई फर्किन दिएन । दुई वर्षपछि मलाई अर्कै ठाउँमा उसले बिकि्र गर् यो र त्यो दुई वर्षको तलव पनि दिएन । तलब माग्दा उसले मलाई उल्टै दैनिक लगाइने सुइको बील र औषधिको बील थमाइदियो ।
ूतिम्रो निम्ति मैले यत्रो खर्च गुर्नपर् यो अझै तलब माग्छ्यौ ू
यस्तो जवाफ दियो । त्यो नयाँ ठाउँमा म केही राहत त महसूस गर्थें । तर मलाई कामकॊ बोझ भने उत्तिकै थियो । यिनीहरु मलाई खानपानमा भने राम्रो गर्थे । तर म खान्थे के नै अब झण्डै चार वर्षपुग्न आटेको थियो । कुनै नेपालीको सम्पर्कमा आउन पाए यहाँबाट भगाइदिन्थे कि भन्ने आशले बाँचिरहेकी थिएँ ।
अचानक एकदिन नेपाली जस्तो लाग्ने मानिस त्यो घरमा फोहोर उठाउन आएको देखेँ । उसले पनि मलाई नेपाली नै ठाँनेर निकैबेर घुरेर हेर् यो । मलाई त्यहाँ कसैसँग बोल्ने अनुमती थिएन । एकदिन फोहोर फाल्ने बेला मैले उसलाई आँखाको इशाराले आफूले फोहोरसँगै फालेको कागजको टुक्रा देखाएँ । उसले टपक्क टिपेर खल्तीमा राख्यो ।
त्यसपछि त्यहाँबाट उद्धार गरियो । मलाई सबैै नेपाली मिलेर काठमाडौँ पठाइ दिए । म यो जिर्ण शरिर बोकेर बल्ल बल्ल गाउँ पुगेँ । मेरो सपनाहरु सबै भत्किसकेका थिए । म निरुद्देश्य गाउँ त आएँ तर सोच्दै थिएँ बा आमा र दाईको अघि यो शरिर कसरी देखाउने
हा हा हा ………। ऊ अट्टहाँस गरेर हाँसी म एकदम झस्कंे । मेरो मथिङ्गल घुम्न थाल्यो । हरे ! यो त बिचरा पागल भै सकिछ । मैले डराइ डराइ सोधे -
अनि के भो त
के हुनु हा हा हा………… हुन अब के बाँकी थियो र जे बाँकी थियो सबै भयो ।
म चार वर्ष सम्पर्कविहिन भएँ । आर्मीमा हुने दाइ सदरमुकाम आक्रमणमा परेर …………।
उसका आँखाबाट बलिन्द्र धारा आँसु चुहिरहेका थिए । मुखबाट र् याल निस्किईरहेको थियो । भक्कानिएर भन्दै थिई-ः
घरमा भएको दाइ पनि उतातिर पो लागेछ । त्यो पनि दोहोरो भिडन्तका क्रममा मारियो रे !
बाफ रे ! म यो के सुनिरहेको थिएँ । मलाई नै विश्वास लागिरहेको थिएन । एउटै परिवारले यस्तो पीडा खप्नु परेको यथार्थ । जुन उसले सुनाइरहेकी थिई । दुईटै दाइको मृत्युको पीडा खप्न नसकेर तीन महिनामैं आमा बित्नु भो उहाँ पचास वर्ष भर्खर पुग्नु भएको थियो । त्यसपछि उसले बेसकन भक्कानो छाडि । म अन्यमनस्क अवस्थामा पुगेँ ।
बा नि मेरो प्रश्नको जवाफमा उ एकदम उत्तेजित भइ ।
हो म त्यही त तपाईँलाई सोध्न आएकी । काठमाडौँमा राहत बुडिदैछ भन्ने सुनेर गाउँबाट हिडेको बालाई खोज्दा खोज्दा थाकिसकंे । कतै भेट्दिन तपाइर्ँकोमा पो आ छन कि भनेर खोज्न आकि ।
म उसलाई के जवाफ दिउँ उसलाई दिने जवाफ मसँग थिएन । उसलाई सम्झाउन सक्ने क्षमता मसँग थिएन । उसलाई के भनेर सम्झाउँने म एकहोरो अगाडिको ढोकामा हेरीरहें ।
छिरिङ्ले उठ्न खोज्दै बेकसन भुइँमा हात टेकि उसका आँखा भित्तामा झुण्डाइएका लोकतन्त्रका सहिदहरुका तस्वीरमा परे । उसले निकैबेर त्यसमा आफ्नो दुबै दाइहरुका अनुहार खोजी मैले उसलाई के हेर्दैछ्यौ । भनेर सोध्न सकिनँ ।
जान्छु है ।
ऊ फुत्त कोठाबाट अनिश्चित गन्तव्यमा बाहिरीई उसले तानेको ढोकाको हावाले भित्ताको तस्वीर भुइँमा झारिदिएको थियो । म त्यहि तस्वीरमा अनाम सहिदका अनुहारहरु खोज्दै थिएँ ।

घनश्याम शर्मा
हेटौंडा नेपाल
२०६४। १०।१६
हेटौडा
Email:ghanashyamsharma@hotmail.com
सहीद दिवस
[गरिमा बर्ष २७ अंक ५ पूर्णाङ्क ३१७ बैसाख २०६६ मा प्रकाशित]

2 comments:

  1. dai namaskar!yahako har kathaaharu ethartbadi ra saty dhatnale baneko pray jasto paeki chhu estai kathaharuko thak bandai jawosh kamna chh yahanlaaii,,,"mridu"

    ReplyDelete
  2. dai saty ghatnako kathaaharu pray tapaiko pae aaj samma ani bhaw purn lagchh badhai sadhai estai sukh ra dukhako katha korne swarswatile bas garu...

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin