katha

कथा


एउटा समयको अन्त्य,,,,,,

उसले बा-आमालाई धेरै पटक अनुरोध गरेको थियो ता कि उसको बिहे नगरियोस् । ऊ एक पटक विदेश जान चाहन्छ र पैसा कमाएर आएपछि मात्र विहे गर्न चाहन्छ । यस्तो वेरोजगार भएको बेला विहे गर्नु भनेको आफ्नो जिन्दगी बर्बाद गर्नु हो । यो उसको तर्क थियो ।
बाबु भने उसको विचमा थिए । आमा विहे नगरी नछाड्ने छोराको । दमको रोगी कुन बेला सिलटिमुर हुने हो मर्नु अघि छोराको जरामा पानी हालेको हेरेर मर्न पाए हने धोको थियो । बेरोजगार बस्ने रहर त कहाँ थियो र उसको । रोजगारको आशाले पटक-पटकको चुनावमा उसले पार्टिहरु फेर्दै प्रचार प्रसारमा लाग्यो । बिडम्वना । जुन बेला उसले ुचन्द्र ग्रहण ु नामको पार्टीको झण्डा बोकेर लाग्यो त्यसबेला प्रतिपक्ष अर्थात ुसूर्यग्रहणु नामको पार्टीले चुनाव जित्यो र त्यही दलको सरकार भएपछि कुन मुखले रोजगार माँग्न जाने हिजो त्यही दललाई उसले आफ्नै नेतृत्वमा गाउँ पस्न दिएको थिएन । तै पनि उसको पार्टि शसक्त प्रतिपक्ष थियो उसको नेताले सिफारिस गरिदियो धेरै पटक फोन पनि गरिदियो तर अन्ततोगत्वा सबै बेकार ।
देशमा रोजगारीको उसले कुनै संभावना देख्न छाडयो । कुसर्िमा बस्नेहरु केवल कुसर्ि जोगाउने भन्दा अरु काम गर्न नसक्ने भएका थिए । कहिले काहीं यस्तो पनि हुन्थ्यो आफ्नै कुसर्ीको खिलाफमा मत जाहेर गरेर आफ्नो कुसर्ी जोगाई राख्ने अभिष्ट पनि पालीरहेका हुन्थे कुसर्ीमा बस्नेहरु । उसलाई त्यस्ता कुसर्ीमा बस्नेहरुसँग धेरै आशा गर्नु झन् बेकार लाग्यो र यो सब छाडेर गाउँमै बस्न मन लाग्यो । केही समय तरकारी खेतीगर्ने विचार ग-यो । कहाँ छ र पढे लेखेको मानिसले खेती गर्नु हुन्न त्यो त झन् उत्तम कुरा हो । तर उसको सबै उत्पादन बेकार भयो राम्रो बजार पाउन सकेन । देशमा कुनै ठूला कलकारखाना खुलेनन् भने काम पाउने संभावना पनि रहन्न र यस्ता खाले उद्योग संचालन हुने योजना आयोजना बन्ने संभावना पनि क्षिण हदैं थिए ।
ू तीस वर्ष उमेर पुग्न आँटयो कहिले विहे गर्छस् छोरा ु आमाको यस्तो बारम्बारको कचकचले ऊ आजित भयो र स्वीकृति दियो । फलस्वरुप विहे भयो । छोरा र छोरी जन्मे । जिम्मेवारी बढ्दै गए । आर्थिक अवस्थामा कुनै पूर्णिमाको चन्द्र झुल्केला भन्नु परेन सधैं औशीको औंशी नै । बा-आमा झन् बुढा-बुढी हुदैंछन् । छोरा-छोरी हुर्किदैछन् । समस्याको बाढी जहिले साउने भेल जस्तै घट्ला भन्नै नपर्ने ।
ू जो छ म चािहं विदेश लागंे अब हेर सारै भएन । ु मनको वह कसैलाई न कह भनेपनि पत्नीलाई भन्नै प-यो सुनायो उसले । पत्नीले अँगेनाको बलेर कालो हुन थालेको दाउराको फेदमा समातेर खरानी झारी । ओ हो ! भीत्र त आगो रहेछ । उजेलो ! संभवतः उसले आफ्नो जीवनमा यस्तै नसाचेको उजेलो भित्रिन् सक्ने कल्पना गरी । एउटा सानो फिलिङ्गोलाई दाउरा थपेर फुक्तै सल्काउँदै अँगेनो उजेलो हुनेगरी खाना पकाईयो यत्रो खरानी जम्मा भयो त्यो पनि भाँडा मस्काउन काम लाग्छ । हाम्रो जीवनमा पनि कुनै यस्तो उपयुक्त फिलिङ्गोले सिङ्गै जीवन उजेलो पार्न सक्दैन र आफ्ना आँखालाई अँगेनाको मास्तिर डढेको कालो भित्तातिर हेरेर अडाई । जीवन यस्तै कालो मात्रै पनि हुनसक्छ सधैं मनमनै गम खाई । छोरा मान्छेलाई सदैव घरखेत मात्रै पनि त भन्नु भएन । गाउँमा अर्को समस्या पनि शुरु भएको थियो । जवान मानिसहरु एकाएक हराउन थालेका थिए । घरमा मात्रै बसिरहँदा हराउने संभावना पनि उत्तिकै थियो । हरेक दिन एक दुई जना हराईरहेका हुन्थे । कहाँ जान्थे कसले लान्थ्यो कसैले कसैलाई भन्दैनथे ।
ू हुन्छ जानुस् । ु पत्नीको मन नलागी दिएको सहमतीले उसलाई नयाँ उर्जा थपेको थियो । घर खेत बन्धकी राखेर भएपनि उसले जाने निर्णय ग-यो । जाने कहाँ के काम गर्न जाने कति कमाउन सकिएला कति लगानी लगाउनु पर्ला भिसा पाउनको निम्ति अब यस्ता धेरै प्रश्नहरु मनमा खेल्न थाले ।
ऊ भोली पल्टै काठमाण्डौ हिड्यो । सासु- ससुरा गाउँमा बस्छन् । सालोले घर बनाएर बसेको छ काठमाण्डैामा । एका विहानै सालोको घर खोज्दै पुग्यो ऊ । आफ्नै बाबु-आमासँग कुरा नमिलेर गाउँ नगएको दशौं वर्ष भैसकेछ उसको सालो । त्यस्तोले उसलाई के सहयोग गर्ला र तै पनि आफन्त भनेको यस्तै बेला त हो नि भन्दै मनमनै ऊ गन्तव्य सोझ्याएर उतै हिड्यो ।
कति मानिसहरु काठमाण्डौ ओइरिएका उसको सालोको श्रीमतीको दाई र भिनाज्यू पनि गाउँमा बस्न नसकेर गाउँबाट विस्थापित भई उसैकोमा बसिरहेका गाउँ कहिल्यै नपुगेकी शहरमा जन्मेर हुर्केकी सालोको श्रीमती अब लोग्नेको पनि भिनाज्यू आउँदा झनै अप्ठेरो महसुस गर्न थालिन् । बाध्यता र विवसताको भारीले थिचिएको मानिस जस्तो सुकै दःुख र कष्ट उठाउन पनि तयार हुने गर्छ । ऊ लाचार भयो बाध्य थियो अरु कुनै उपाय थिएन । होटेलमा बस्न खल्ती तातो थिएन । ऊ जस्तै कामको खोजी र विदेश जाने आशामा वषौं देखि काठमाण्डौमा हल्लिएकाहरुको भीड निकै ठूलो थियो । भोलीपल्टबाट उसले पनि आफुलाई त्यो भीडमा समावेश गर्न थाल्यो ।
हरेक दिन अनिश्चितता बोकेर उसको अगाडी आईरहेको देख्यो उसले । म्यान पावर कम्पनीमा आफ्नो सर्टिफिकेट र पासपोर्ट बुझायो उसले । अनुभवमा उसको कुनै थिएन । योग्यता भन्दा अनुभवको आवश्यकता थियो । कुनै व्यावसायिक तालिम र अनुभव हाँसिल गर्ने मौका उसले कहिले पो पायो र दिनभर सयौं म्यानपावर कम्पनिहरु च्ाहार्नु र साँझ पैदल हिडेरै सालोको घर पुग्नु उसको एक प्रकारको दैनिकी थियो ।
ू कहिले काही साथीकोमा पनि बस्नु हुन्न नि कहिले उड्ने हो भिनाज्यु अनि गाउँतिर फर्किने त छाँटै देख्दिन नि त ु
श्रीमतीको यस्तो प्रश्न सुनेर सालो एकोहोरो कोठाको भित्तामा हेरिरहन्थ्यो । सायद ऊ कुनै कुरा भन्न र बोल्न मनासबि ठान्दैनथ्यो ।
ू तिम्रा पनि त दाई र भिनाज्यु बसिरहनु भएको छ महिनौं देखुन् ु उसले यस्तो पनि भन्न सकेन ।
म्यानपावरहरुमा भेला हुन्ो बेरोजगार युवाहरुको बिचमा अकसर यस्ता कुरा हन्थे ।
पहिलो - ू मलाई पन्ध्र दिनमा यसले उडाएन भने त म यसलाई काट्छु । एक वर्ष भैसक्यो पचास हजार लेको ु
दोश्रो - ू के गर्ने यार साला यत्रो दुख पाईन्छ भन्ने थाह पाएको भए त बरु उतैतिर जान्थें । महिनाको दश हजार दिन्छु भन्दै थिए । ु भए बैकण्ठपुरीको राज नभए चपरी मुनीको बास त हुन्थ्यो ु अरु के नै हुन्थ्यो यस्ता ठग दलालहरुलाई त ठिक पार्न सकिन्थ्यो । ु
तेश्रो - ू म त एकपटक मात्रै उड्न पाए भनंे फर्केर के आउँथंे ।
चौथो - ू मलाई त बहिनीको बिहे र भाईलाई पढाउनु पर्ने समस्सेले च्यापेर हो नत्र त त्यस्तो मान्छे गिड्ने ठाउँतिर कल्लाई जाने रहर हुँदो हो ु
यस्तो लाग्थ्यो यो चौथो युवक जस्तोसुकै जोखिम उठाउन पनि तयार देखिन्थ्यो ।
उसले दिनहुँ यस्ता धेरै कुराहरु सुन्यो । बेला-बेला घर सम्झियो । परिवार सम्झियो । उसलाई विदेश जाने रहर नलागोस् भन्ने चाह्यो । गाउँ पनि धेरै दिन सजिलै बस्न नसकिने निक्र्योल ग-यो उसले । ऊ पुन ः पलायन हुनै प्रतिबद्ध भयो । उसले पढेको कलेजको छेऊबाटै हिडदा उसले आफ्नो अतित पनि संम्झ्यो । देश विकासमा सहभागी हुने ठूलो आकाङ्क्षा लिएर उसले पढेको थियो । तर विवस आज ऊ एउटा सामान्य अदक्ष शक्तिका रुपमा अर्को देशमा आफ्नो रगत र पसीना चुहाउन उत्सुक भएर लागेको छ । मनमनै सोच्छ ू ख्वै कहाँ छन् ती स्वर्णिम सपनाहरु जुन उसले हिजो देख्ने गरेको थियो ु
पढेर पनि देशको सेवा गर्न नपाई विदेशीनुपर्ने बाध्यताले उसलाई आफैं प्रति एक प्रकारको घृणा लागेर आयो । उसका अघिल्तिर सबै विकल्पका ढोकाहरु बन्द भएको देखेपछि मात्र ऊ यसरी विदेशिन पुगेको थियो ।
ू अचेल हुलाक चलेको छैन । फोन अबरुद्ध भएको पनि महिनौं भैसक्यो गाउँमा फोनबाट बोलाउँदा पनि खबर गरेर आउन २ दिन लाग्छ । मलाई वीस हजार जति ऋुण सहयोग गर तिमीले म जाने बित्तिकै पठाई हाल्छु । ु
सालोसँग उसले आफ्नो जिज्ञासा पोख्यो ।
सालो र उसको श्रीमतीको रातभर निकै चर्का चर्की परेछ क्यार यस विषयलाई लिएर । विहान केटाकेटीलाई पनि सालोले नै खाना खुवाएर स्कूल पठायो । आफ्नो भिनाज्यू र श्रीमतीको दाजु र भिनाज्यू दवैलाई आफैं पकाएर खानु म त अफिसमैं खान्छु क्यान्टिनमा भन्दै िहंड्यो । घरका पाहुनाहरुले एकले अर्काको अनुहार हेर्दै लुसुलुसु बाहिरिए । ऊ पनि एउटा आफन्तको घर खोज्दै निस्क्यो । बिहानको दश बजिसकेको थियो । ढोका ढङढङ गर्दा नोकर्नीले बरण्डैबाट घरमा कोही पनि नभएको संकेत गरी उसले बुझेनछ काठमाण्डौमा मानिसहरु विहान ९ बजे नै काममा पुगिसक्नुपर्ने भएकाले आठै बजे घरबाट निस्किन्छन् ।
ऊ पुन ः सडक र गल्लीहरु नाप्दै िहंड्यो । होटेलमा पसेर आलु र च्यूरा फँक्यायो । म्यानपावरको मानिसले पैंसा चाँडै लेऊ भिसा लगाईदिन्छु भनेको कुरा सम्झ्यो । म्यानपावरको अफिसमा पुग्यो । उसले तीस हजार पहिले बुझाई सकेको थियो । बाँकी वीस हजारको समस्या थियो । उसले धेरै जनालाई सम्झ्यो जो वर्षाैं अघिदेखि नै काठमाण्डौ आएर बसेका थिए उसका गाउँलेहरु तर उनिहरुबाट पनि खासै समस्या समाधान हुन सक्ने आशा उसलाई भएन कति जनाले त उसलाई ठाडै चिन्न अस्विकार गरिसकेका थिए ।
ू ल भाई तिमीले जहिले वीस हजार बुझाउँछौं त्यही दिन तिम्रो भिसा हातमा । ु
म्यान पावरको डाइरेक्टरले उसलाई आज पनि त्यही कुरा दोहार्यायो ।

उसले एकनासले डाइरेक्टरको आँखामा हेरिरह्यो । उसका आँखा कति निर्दयी थिए । उसको अनुहारले आफ्नो गरिबीको उपहास गरेको लाग्यो उसलाई । बाध्यताको अघिल्तिर सबैकुरा सैह्य हुनेरहेछन् ।
ू हस् म चाँडै बन्दोबस्त गर्छु । ु
यति भन्दै ऊ त्यहाँबाट निस्क्यो । उसका अगाडि धेरै बाटाहरु थिए । सडक र चोक गल्लिहरु थिए । उ भने मौन लक्ष विहिन थियो । साँझ कता जाने पैसाको जो हो कसरी गर्ने गाउँमा अचेल जग्गा त्यति सजिलै बिकि्र हुँदैन । बेचेर पनि बा-आमा अनि श्रीमती र केटाकेटीले केले पेट पाल्ने त्यो पनि अर्को समस्या थियो । गाउँकै एउटा व्यापारी जो वर्षौ देखिन् काठमाण्डौंमै व्यापार गर्थे उनैलाई भेट्ने निश्चित गरी त्यतै हानियो ।
ू महिनाको सयकडा पाँचले तिर्छु । मेरो समस्या बुझिदिनुस् मलाई तीस हजार ऋुण दिनुस् । ु
उसले टिकटको समेत बन्दोबस्त हुने गरी प्रस्ताव गर्यो । व्यापारीले उसको प्रस्ताब स्वीकार गरे । एक वर्षको भाखा राखेर पैंसा झिक्यो र अर्को हप्ता ऊ विदेशियो ।
विदेश जानेहरुको ताँती । एअरपोर्टमा उसलाई विदाई गर्ने कोही पनि थिएनन् । हवाई जहाजले काठमाण्डौं छाडेपछि उसले एकपटक रुमालले आँश पुछ्यो एक्लै । श्रीमती छोरा-छोरी र वृद्ध बा-आमालाई सम्झ्यो । उसले मनभरी कल्पना गर्यो । कमाएको पैसाले सर्वप्रथम ऋण तिर्छु । छोरा छोरीलाई बोर्डिङमा राखेर पढाउँछु । श्रीमतीलाई शहरमा डेरा खोजेर राख्छु अनि विस्तारै घडेरी किन्छु घर बनाउँछु ……॥आदि आदि ।
संझिदा संझिदै उसको हवाई जहाज दोहा एअरपोर्ट ओर्लिसकेछ । ऊ एअरपोर्टबाट के निस्केको थियो एउटा अग्लो दारीवालले उसलाई इशाराले बोलायो र अर्को अग्लो टोपीवाललाई फारसीमा के के कुरा गरेर उसलाई जिम्मा लगायो । गर्मी सहन नसकेर उसको ओठ मुख सुकिसकेको थियो । टोपीवालले उसलाई आफ्नो गाडीमा राखेर लिएर गयो । ऊ धेरै डराईरहेको थियो । यस कारण कि उसलाई यो मानिसले जे पनि गर्न सक्छ । सहरभन्दा धेरै टाढाको गाउँमा लिएर गएको थियो उसलाई । असाध्यै दु्रत गतिमा गाडी चलिरहँदा पनि उनिहरु दश घण्टामा त्यस नयाँ ठाउँमा पुगेका थिए ।
त्यो मानिसले उसलाई के के काम गर्न जानेको छ भनेर टुटे फुटेको अङग्रेजीमा सोधेको थियो र यसले पनि आफुले औपचारिक रुपमा कुनै व्यावसायिक तालिम प्राप्त नगरेको कुरा इमान्दिरीपूर्वक बताएको थियो ।
भ्ााेलीपल्ट बाट उसलाई भेडी गोठतिर लगियो र सयौंको सख्यामा भेडा चराउने जिम्मा दिइयो । यदि त्यो बथानबाट एउटै भेडा हरायो भने पनि उसको तलबबाट काटिने कुरा बताइयो । कुनै कामको निक्र्यौल र निधो नगरेर आएकोमा उसलाई पछुतो भयो । उसलाई मात्र यति भनिएको थियो ू जे होस् काम राम्रै हुन्छ । ु
उसलाई भेडी गोठको माथि सुत्ने बन्दोबस्त गरिएको थियो मानौं ऊ पनि एक प्रकारको भेडा हो । दिनभरको थकाई र रातभर भेडाको बेला बेलाको कराईले ऊ सुत्न सक्दैनथ्यो । दुई महिनाको यस्तो कष्टकर जीवनपछि उसले एक दिन त्यहाँबाट भाग्ने विचार ग-यो तर समस्या उसको पासपोर्ट र भिसा त्यही व्यक्तिसित थियो । यो विचमा ऊ धेरै पटक विरामी पनि परेको थियो । केटाकेटी र श्रीमतीको संझनाले ऊ धेरै आहत भएको थियो । उसले धेरै पटक आफु र आफ्नो भाग्यलाई धिक्कारेको थियो ।
एक दिन ऊ अचानक त्यहाँबाट भागेर सहर पस्यो । उसले सहरमा त्यहाँ भन्दा पक्कै कुनै गतिलो काम पाउने आशा गरेको थियो । काम खोज्दै जाँदा उसले एउटा ठूलो काठको कारखानामा काम पायो । त्यहाँ पनि उसले प्रशस्तै शाररिक श्र्रम गर्नु पर्ने भयो । ठूला - ठूला मुडालाई ओल्टाउने र पल्टाउने मेसिनमा राख्ने । साइज मिलाएर मेसिनबाट चिराउने । यो झन् कष्टकर काम थियो । केही महिना पछि उसले यो काम पनि छाडेर पुन ः भौतारियो । ऊ केही महिना काम गथ्र्यो र पुन ः केही महिना बेरोजगार बस्दा बचत हने कुनै संभावना रहन्न थियो । एक वर्षमा उसले बल्ल बल्ल ऋण तिरेको थियो । उसले धेरै ठाउँमा कामको खोजी गर्यो । ग्याँस लाईनमा काम गर्ने अवसर थियो तर कतिखेर ज्यान जान्छ ठेगान हँुदैन थियो ।
होटेल र रेष्टुरेन्टमा गार्डको काम पाइन्थ्यो तर यति थोरै पैंसामा काम गर्नु पथ्र्यौ कि महिनाको दई चार हजार नेपाली पैंसा पनि बचत गर्न हम्मे पथ्र्यो । कुकमा तालिम प्राप्त नभएको मानिस अयोग्य मानिन्थ्यो । गर्मीको कारण सबै प्रकारका शाररीक श्र्रमका कार्यहरु गर्न धेरै अप्ठेरो हुन्थ्यो । गाह्रो काममा केही बचत हन्थ्यो जुन गर्न ऊ असमर्थ हुन्थ्यो । सजीलो कामको वचत एकदमै कम हुन्थ्यो पेट पाल्न र सामान्य गुजेरा मात्र हुन्थ्यो ।
यस्तो अन्यमनस्क अवस्थामा उसले धेरै पटक आफ्नो देशलाई संझेको पनि हो । गाउँको दृश्य बारम्बार आईरहन्थ्यो उसको मन मस्तिष्कमा । बाध्यता भएपछि आखिर मानिसले जस्तोसुकै कठिन परिस्थितिलाई पनि सहज रुपमा लिनु पर्दोरहेछ । सुखको परिकल्पना बोकेर विदेशिएको ऊ आज दुख र पिडाको दल दलमा उ_िक्सनै नसकिने गरी भासिएको छ ।
उसले देखेका सबै सपनाहरु आँखाबाट एक एक गरी हराउँदैछन् छिचिमराको जीवनचक्र जस्ता भैसकेका छन् उसका सपनाहरु पखेटा लगाएर छिनभर उडेपनि पखेटा झर्दा नझर्दै मृत्यु वरण गरिसके झैं विदेशमा पुग्दा नपुग्दै उसका सपनाहरुले छिचिमराको जीवन वरण गरेको यथार्थ छ उसँग ।
आफु जस्तै विदेशिन थालेका धेरै उसका साथीहरुलाई उसले नआउन भन्यो । परदेश स्वदेश जस्तो सुगम र सरल हुँदैन । परदेशी जीवन अर्काको इशारामा चलेको हुन्छ । शाररिक र मानसिक दुवै पीडा भोग्नु परेको हुन्छ । दुखको भुँमरीमा अनेक हन्डर खाँदै उसले दुई वर्ष वितायो । ऊ आज अत्यन्त खुशी थियो । खुशी यसकारण थियो कि ऊ त्यो दुखको महासागरबाट पौडिदै किनारा लाग्ने तयारीमा थियो । उसले नेपालबाट ल्याएको पुरानो झोलालाई नयाँ झोला भित्र हाल्यो । श्रीमती र केटाकेटीको तस्विरलाई पनि जतनले झोलाको खल्तिमा हाल्यो । छोराछोरीलाई एकजोर लुगा किन्यो झोलामा हाल्यो ।
जहाजले अब खाडी मुलुकलाई विदाई गरिसकेको थियो । जसरी दुई वर्ष अघि ऊ देश छाडेर जाँदा उसका आँखामा असंख्य सपनाहरु थिए । आज भने उसका आँखामा कुनै सपना थिएनन् । उसको कुनै उद्येश्य थिएन उद्येश्यविहिन ऊ फर्किदै थियो । उसले भविष्यको बारेमा केही पनि सोचेको थिएन । उसले अब आफ्नो कुनै भविष्य पनि देखेको थिएन । ऊ किन विदेशिएको थियो किन फर्किदैछ स्वदेश उसले अब केही ठम्याउन सकिरहेको थिएन ।
रेडियो र टि।भि। बाट समाचार आइरहेको थियो  काठमाण्डौं एअरपोर्टमा अवतरण हुनु दश मिनेट अघी मौसमको खराबीका कारण खाडीबाट आएको चालिस नेपाली यात्रु सहितको एकसय वीस जना यात्रु बोकेको ………॥एअर लायन्सकेा जहाज पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त ……सबै यात्रीको मृत्यु भएको आसङ्का ………॥खोजतलास कार्य खराब मौसमका कारण अबरुद्ध ………ु एउटा समयको अन्त्य !
 अभिशप्त समय” कथा संग्रहबाट

-घनश्याम शर्मा
हेटौंडा मकवानपुर
नेपाल

4 comments:

  1. Ghana shyam sir tapaiko katha sarai marmik ra manai chune khalko chha yaslaai niratartaa dinu hola,, shubhakamana..

    Rojee Rana

    ReplyDelete
  2. pragati badi lekhak Ghanashaam sir congrates!

    ReplyDelete
  3. dai namaskar! kathako patrama khelne bhawana ramraro chh badhai daiko kathaa sada ujjolta rahos,,,

    ReplyDelete
  4. ghanashyam dai namaskar!yahako katha bhaneko sunko sugandhaa ho,,,

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin